भारतमा मिनीबस दुर्घटना :३० जनाको मृत्यु
२०७६ असार १६, १२:४६
भारत प्रशासित जम्मू कश्मीरमा आज बिहान यात्रु बहाक बस दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ। जम्मू कश्मीरको रिश्तवाड स्थित केशवन थकराईमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यस्तै दुर्घटनामा परी सात जना गम्भीर घाइते भएका छन्। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले जनाएको छ। बसमा क्षमता भन्दा बढि यात्रु र समान भएका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस