बैतडीमा १६ लाख मुल्यको अबैध सामानसहित एक जना पक्राउ
बैतडीः बैतडीमा १६ लाख मुल्यको अबैध सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका–२ का २१ वर्षीय हरिष विष्ट अबैध सामानसहित मंगलवार पक्राउ परेका हुन्।
सुर्नया गाउँपालिका–६ सतबाजबाट से १ ज २४१ नम्बरको बोलेरो जिपलाई चेकजाँच गर्दा १६ लाख १६ हजार मूल्यको अवैध सामान फेला परेको थियो। बिडी १६ पेटी र जिपसहित विष्टलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।