बझाङ केन्द्रबिन्दु भएर भूकम्प
२०८१ पुष ३, ०३:५३
बझाङः बझाङ केन्द्रबिन्दु भएर बुधबार ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो ३ बजेर २ मिनेटमा बझाङको धमेना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बझाङ र आसपासका जिल्लामा महसुस भएको छ। मंगलबार पनि धमेना नै केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो।
कमेन्ट लोड गर्नुस