यु–१९ एसिया कप : नेपाल विजयी
काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई) मा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ।
दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३५ दशमलव चार ओभरमा सवै विकेट गुमाएर एक सय २३ रन बनायो। एक सय २४ रनको लक्ष्य नेपालले ४१ दशमलव तीन ओभरमा नौ विकेट गुमाएर पुरा ग¥यो। नेपालका लागि नरेन साउदले सर्वाधिक २६, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले समान नौ/नौ तथा सन्तोेष यादवले सात रन बनाए । नेपालले १२ अतिरिक्त रन प्राप्त गर्यो।
बलिङतर्फ अफगानिस्तानका एएम गजानफर र खातिर स्टानिकजाईले तीन÷तीन तथा अब्दुल अजिज र महबूब खानले एक/एक विकेट लिए।
यसअघि अफगानिस्तानका लागि एक सय २३ रन बनाउने क्रममा फैसल खानले सर्वाधिक ५२ रन जोडे। उनले ६७ बलमा चार चौका र दुई छक्का प्रहार गरे । खातीर खानले २६ बलमा १५ रन जोडे। अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन बनाए।
बलिङतर्फ नेपालका लागि युनिशविक्रम सिंह ठकुरी र सन्तोष यादवले तीन तीन तथा हेमन्त धामी र अभिषेक तिवारीले दुई दुई विकेट लिए।
यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो। अफगानिस्तान यसअघि पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग एक सय ३१ रनले पराजित भएको थियो । दुवै टोली एसिया कपबाट बाहिरिएका छन्।