सुदूर नेपाललाई विश्वसँग जोड्दै

मातृ शोक परेका पाण्डेयलाई महामन्त्री थापाको समवेदना पत्र

फाइल फोटो
फाइल फोटो
२०८१ कार्तिक ३०, ०४:३६ खबर संवाददाता

धनगढीः नेपाली काँग्रेसका महामन्त्री गगन थापाले मातृ शोक परेका लोकराज पाण्डेय ‘आगो’ लाई समवेदना पत्र पठाएका छन्।

पाण्डेयलाई महामन्त्री थापा आफै सहभागि हुने कार्यक्रम तय भएको भए पनि काम विशेषले बीचमा सिन्धुली जाने काम परेको हुँदा प्रतिनिधिका रुपमा आफ्नो सचिवालय प्रमुख युवराज पाण्डेय लगायतको टोलीमार्फत समवेदना पत्र पठाएका हुन्।

शोक पत्रमा नेता पाण्डेयलाई सम्बोधन गर्दै भनेका छन्, ‘शोकको यस कठिन घडीमा तपाई, बुवा बासुदेव पाण्डेय, भाई कैलाश पाण्डेय, लगायत सम्पूर्ण शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’ यहि कात्तिक २० गते युवा नेता आगोकी ममतामयी आमाको ६३ बर्षको उमेरमा निधन भएको थियो। यसअघि नेता पाण्डेयलाई समवेदना प्रकट गर्न काँग्रेस सभापति शेरबहादुर देउवा, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह लगायतका पार्टीका नेता कार्यकर्ताहरु उनको घरमै पुगेका थिए। 

कमेन्ट लोड गर्नुस