सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिप दुर्घटनापछि डिलाशैनी गाउँपालिकामा शोक बिदा

२०८१ कार्तिक ३०, ०१:३९ खबर संवाददाता

बैतडीः बैतडीको डिलाशैनी गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ।

मालिकार्जुन मन्दिरको जात्रा दर्शनपछि घर फर्कने क्रममा जिप दुर्घटनामा डिलाशैनीका जनासहित ८ जनाको मृत्यु भएको छ। दर्शनार्थीहरू चढेको जिप दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाउँपालिकाले शोक बिदा दिएको शोक वक्तत्व जारी गर्दै जनाएको छ। उक्त दुर्घटनामा ५ जना घाइते भएका छन्।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। आज एक दिन गाउँपालिकामातहतका सबै कार्यालयहरुमा शोक बिदा रहने उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस