सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्रवार सुनको मूल्यमा २ हजारले वृद्धि

२०८१ कार्तिक २३, १०:५६ खबर संवाददाता

काठमाडौंः अघिल्लो दिन प्रतितोला ४ हजार घटेको सुन शुक्रवार फेरि २ हजार बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ तोकेको थियो। आज शुक्रवार भने १ लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ। कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो।

मूल्य केही घटेको मौकामा लगानीकर्ता खरिदतर्फ आकर्षित देखिएपछि अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ फेरि बढेको हो।  त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ। अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ।
 

कमेन्ट लोड गर्नुस