सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतलाई हराउँदै बंगलादेश सेमिफाइनलमा

२०८१ कार्तिक ७, ०८:०५ खबर संवाददाता

काठमाडौँः साबिक विजेता बंगलादेशले नेपालका जारी साफ महिला च्याम्पियनसिपको समूह चराण्मा भारतलाई ३–१ ले हराएको छ।

बुधवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेशको जितमा तोहुरा खातुनले दुई तथा अफिदा खान्दाकरले एक गोल गरे। भारतका लागि पहिलो हाफको अन्त्यतिर बाला देवीले एक गोल फर्काइन्। यो जितपछि बंगलादेश समूह ‘ए’ को शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गरेको छ।

यस्तै, पराजित भारत समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो। २ खेलमा १ अंक जोडेको पाकिस्तान भने समूह चरणबाट बाहिरिएको छ। जारी प्रतियोगितामा आयोजक नेपाल समूह ‘बी’ मा छ। नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेल्दा दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले हरायो।

नेपालले अब तेस्रो खेलमा बिहीबार बेलुका ५ः३० मा श्रीलंकासँग प्रतिस्पर्धा गर्ने तालिका छ। हालसम्म नेपालले साफ उपाधि जित्न सकेको छैन। पाँचपटक फाइनलमा पुग्दा पनि नेपाल उपाधि जित्न वञ्चित भएको हो। नेपाल गत संस्करणको साफ फाइनलमा बंगलादेशसँग पराजित भएको थियो।
 

कमेन्ट लोड गर्नुस