सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली, कञ्चनपुर र बैतडीबाट भन्सार छलीका सामान बरामद

२०८१ कार्तिक ६, ०९:५४ खबर संवाददाता

धनगढीः कैलाली, कञ्चनपुर र बैतडीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको टीकापुर नगरपालिका–९ पायल गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २६ हजार ९४० रुपैयाँ बराबरको ट्याक्टरको छतकबर, ग्रिस पम्प, ग्रिस, लाईट, हाईड्रोलिक फिडर, फिल्टर, ब्यरिङ लगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका–११ बिद्युत कार्यालय नजिक र पुनर्वास नगरपालिका–६ बाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ३ लाख ३६ हजार ४१ रुपैयाँ बराबरको प्याज, चिनि, मिश्री, काजु, पेय पदार्थ, खानेतेल, जिरा, हाडबेयरका सामान, मोबाईलका डिस्प्ले, झिलमिले लाईट, मोबाईलको ब्याट्री, कपडा, खेलौना, किराना लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यस्तै बैतडीको दशरथचन्द नगरपालिका–१० अदर पिण्ड स्थित सडक खण्डको किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका ७३ हजार ५ सय बराबरको चिनि, मिस्री, गुड, खानेतेल, सुर्ती, जिरा,चियापत्ति, बिडी, स्टिल गिलास, तारपिन तेल, ब्रिटिस पेन्ट, चना, चप्पल, मोजा, साबुन लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस