सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुुरबाट ४ लाख बढीको अबैध सामान बरामद

२०८१ कार्तिक ६, ०१:४१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुुरबाट ४ लाख बढीको अबैध सामान बरामद गरिएको छ। 

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले ४५ हजार ८ सय, इलका प्रहरी कार्यालय गड्डाचौकीले २ लाख ९० हजार ६१० र प्रहरी चौकि.जिमुवाले ७४ हजार गरि जम्मा ४ लाख १० हजार ४१० मुल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मुल्य बराबरको भन्सार छलीको चिनी, मिश्री, प्लास्टिक झिल्ली, खेलौना,कट्टु,किरानाको सामान,हार्डवेयर सामान, मोबाईलको डिस्पीले, झिलमिले लाईट,मोबाईलको ब्याट्री, कपडा,सुट, कुर्ता सुरुवाल, साडी, पेटिकोट र पछयौरी लगायतका सामान नियन्त्रण्मा लिइ आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस