सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य हालसमम्मकै उच्च बिन्दुमा

२०८१ कार्तिक ४, १२:०६ खबर संवाददाता

काठमाडौँः स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ६ सयले वृद्धि भइ एक लाख ६५ हजार कायम भएको छ। महासङ्घका अनुसार शुक्रवार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार चार सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य तोलामा ९५ ले वृद्धि भएको छ। शुक्रवार प्रतितोला एक हजार नौ सय ८० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने दुई हजार ७५ निर्धारण भएको महासङ्घले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस