सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको पूर्वप्रधानमन्त्री नेपालले गरे उदघाटन

२०८१ कार्तिक ३, ०५:४३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा राष्ट्रिय बुद्धीचाल प्रतियोगिताको पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले उदघाटन गरेका छन्।

शनिबार जिल्लाको वेदकोट नगरपालिका–८ गैलनदीमा बुद्धिचाल प्रतियोगिता पुर्वप्रधानमन्त्री नेपाले उद्घाटन गरेका हुन्। नेपाल बुद्धिचाल महासंघ र काठमाण्डौँ स्पोटर््स एकेमेडीको आयोजना तथा बेदकोट नगरपालिका–८ कोे सह–आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको छ।

प्रतियोगिता उद्धघाटन गदैँ पूर्वप्रधानमन्त्री नेपालले स्वास्थ्यका लागि खेलकुद महत्वपुर्ण भएको बताएका छन्। उनले राजनीतिमा हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने प्रवृत्तिका कारण देश र जनताले दुःख खेप्नु परेको बताए।
 

कमेन्ट लोड गर्नुस