सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा पहिलोपटक राष्ट्रिय बुद्धिचाल आजदेखि

२०८१ कार्तिक ३, ०१:३१ खबर संवाददाता

कञ्चनपुरः सुदूरपश्चिममा पहिलो पटक राष्ट्रियस्तरको बुद्धिचाल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ।

कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदी गाउँमा राष्ट्रियस्तरको बुद्धिचाल हुन लागेको आयोजकले जनाएको छ। नेपाल बुद्धिचाल महासंघ, काठमाडौं स्पोर्टस् एकेडेमी र बेदकोट नगरपालिका वडा नम्बर ८ को संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो। एकेडेमीका अध्यक्ष तथा संयोजक नारायणदास गमालले एकैपटक प्रथम राष्ट्रिय ब्लिट्ज, दोस्रो राष्ट्रिय र्‍यापिड र तेस्रो नेकोस राष्ट्रव्यापी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता हुन लागेको बताए।

तेस्रो नोकोस क्लासिकल खेल ६० मिनेट, प्लस ३० सेकेन्ड प्रतिचालको ९ राउन्ड हुनेछ। यस्तै र्‍यापिड स्विस लिगअनुसार १५ मिनेट प्लस १० सेकेन्ड प्रतिचालको ९ राउन्ड र ब्लिट्ज स्विस लिगकै ३ मिनेट प्लस २ सेकेन्ट प्रतिचालको ९ राउन्डमा हुनेछ। ब्लिट्जतर्फका विजेताले २५ हजार रुपैयाँ हात पार्नेछन्। दोस्रो राष्ट्रिय र्‍यापिडका विजेताले ३० हजार र तेस्रो नेकोसका च्याम्पियनले ६० हजार रुपैयाँ हात पार्नेछन्। समग्रमा ६५ खेलाडीलाई चार लाख ७० हजार रुपैयाँ विजेता धनराशि रहेको छ।

कमेन्ट लोड गर्नुस