सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा खसेका युवकको उद्दार

२०८१ असोज २७, ०१:५७ खबर संवाददाता

दार्चुलाः महाकाली नदीमा खसेर घाइते भएका एक युवकको उद्दार गरिएको छ। आइतबार दार्चुलाको महाकाली नगरपालिका–४ रिङनताल स्थित महाकाली नदीमा खसेर घाइते भएका ३१ वर्षीय यमराज लकन्डीको प्रहरीले उद्दार गरेको छ।

बझाङको सुर्मा गाउँपालिका–९ सैनगाउ घर भई हाल दार्चुला स्थित महाकाली नगरपालिका–४ खंलगामा कोठा गरि बस्दै आएका यमराजको उद्दार गरी जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पठाइउको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनी खंलगामा कोठा गरेर मजदुरी काम गर्दै आएका थिए। उनको उद्दार गर्न प्रहरी नायव उपरीक्षक  प्रकाश दाहालको कमाण्डमा २२ जनाको प्रहरी टोली खटिएको थियो।

कमेन्ट लोड गर्नुस