सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या

२०८१ असोज २७, ०८:३२

एजेन्सीः भारतको मुम्बईमा पूर्व मुख्यमन्त्री समेत रहेका एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ।

गएराति मुम्बईको बान्द्रा पूर्वमा नेता सिद्दिकीमाथि गोली प्रहार भएको थियो। छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई लगत्तै लिलावती अस्पतालमा भर्ना गरिएको थियो। छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा आक्रमण भएको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको मुख्यमन्त्री एकनाथ शिन्देले जानकारी दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

गोली लागेर ज्यान गुमाएका सिद्दिकी महाराष्ट्रका पूर्व मन्त्रीसमेत हुन्। यसै वर्ष गएको फेब्रुअरीमा उनी कांग्रेस छोडेर एनसीपी अजित पवार गुटमा सामेल भएका थिए। 
 

कमेन्ट लोड गर्नुस