सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कनलाई

२०८१ असोज २१, ०७:१९ खबर संवाददाता

एजेन्सीः  चिकित्सा शास्त्र विधातर्फको नोबेल पुरस्कार २०२४ भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई प्रदान गर्ने निर्णय भएको छ।

मदन पुरस्कारले आधिकारिक जानकारी दिँदै माइक्रोआरएनएको खोज र पोस्ट–ट्रान्सक्रिप्शनल जीन नियमनमा भूमिका खेलेको भन्दै फिजियोलोजी वा मेडिसिनमा उनीहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। ७० वर्षीय एम्ब्रोस युनिभर्सिटी अफ म्यासाचुसेट्स मेडिकल स्कुलका प्राध्यापक हुन्।

यस्तै ७२ वर्षीय रुभ्कन हार्वर्ड मेडिकल स्कुलका प्राध्यापक हुन्। उनीहरूले जीन गतिविधि कसरी नियन्त्रित हुन्छ भन्ने आधारभूत सिद्धान्तको खोज गरेका थिए। भिक्टर एम्ब्रोस र ग्यारी रुवकुनले विभिन्न प्रकारका कोशिकाहरू कसरी विकसित हुन्छन् भन्ने कुरामा चासो राखेका थिए।

उनीहरूले माइक्रोआरएनए पत्ता लगाए, र साना आरएनए अणुहरूको नयाँ वर्ग जसले जीन नियमनमा महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने निष्कर्ष उनीहरूले निकाले। तिनीहरूको ग्राउन्डब्रेकिंग खोजले जीन नियमनको पूर्ण रूपमा नयाँ सिद्धान्त प्रकट गरेको छ। 
 

कमेन्ट लोड गर्नुस