सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविविरुद्ध चितवनमा प्रदर्शन गर्ने सहकारी पीडित पक्राउ 

२०८१ असोज १९, ०६:०५ खबर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिवार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए। उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पीडित ब्यानरसहित नारा लगाउँदै कार्यक्रममा पुगेका थिए। कार्यक्रम स्थल पुगेका सहकारी पीडित कार्यक्रम स्थलबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

सहकारी पीडितहरूले भने आफूहरुले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा दबाब दिएका बताएका छन्। साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकीर गरे।

साहारा सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड के हो? १५ प्रतिशतको तपाई भागिदार हुनेको नहुने विषयमा कुरा गर्न आउँदा भित्रबाट पीडितमाथी ढुंगा र बोतल प्रहार भएको दुवाडीले बताए।
 

कमेन्ट लोड गर्नुस