सुदूर नेपाललाई विश्वसँग जोड्दै

रास्वपा नेता सिंहमाथि आक्रमण गर्ने एक जना पक्राउ 

२०८३ असार २, ०८:४६ खबर संवाददाता

धनगढी: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शैलेशकुमार सिंहमाथि आक्रमण गरेको भन्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

रास्वपा नेता सिंहलाई धनगढीमा प्रदेश अधिवेशनबाट घर फर्किने क्रममा आक्रमण गरिएको थियो।

सोमवार राति सिंहमाथि कुटपिट गर्ने समूहका गोविन्द धामीलाई नियन्त्रणमा लिइएको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले बताए।

धामीलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। सिंहको तर्फबाट यो समाचार तयार गर्दासम्म जाहेरी नआएको डिएसपी तिमिल्सिनाले जानकारी दिए।

कमेन्ट लोड गर्नुस