सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

२०८१ असोज १९, ०५:५७ खबर संवाददाता

एजेन्सीः रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको शनिवार जनाएको छ।

रूसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको झेलानोय भ्टोरोयको बस्तीलाई “स्वतन्त्र“ बनाएको रक्षा मन्त्रालयले जनाएको हो। रुसी सेनाको खतरामा रहेको  पोक्रोभस्क नजिक अवस्थित यो गाउँ युक्रेनी सेनाका महत्वपूर्ण केन्द्र हो।

गोर्लिभ्का सहरमा खटिएका रुसी अधिकारीहरूले शनिवार युक्रेनी पक्षको गोलाबारीमा ११ जना सर्वसाधारण घाइते भएको बताएका छन् भने रूसले युक्रेनको सिमानामा रहेको बेलगोरोड, भोरोनेज र कुर्स्क क्षेत्रमा रातारात १० युक्रेनी ड्रोन खसालेको रक्षा मन्त्रालयले जनाएको छ।

भोरोनेजका गभर्नर अलेक्जान्डर गुसेभले टेलिग्राममार्फत युक्रेनी ड्रोनले एक जना सर्वसाधारणलाई घाइते बनाएको बताएका छन्। यसैगरी युक्रेनको जापोरिजिया क्षेत्रमा भएको रूसी हमलामा दुई जनाको मृत्यु भएको क्षेत्रीय गभर्नर इभान फ्योडोरोभले टेलिग्राम मार्फत जानकारी गराएका छन्।
 

कमेन्ट लोड गर्नुस