सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०८४ को चुनावमा माओवादी एक्लै प्रतिस्पर्धा गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

२०८१ असोज १९, ०५:५१ खबर संवाददाता

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन।

नेकपा माओवादी केन्द्र दोलखा–काठमाडौँ सम्पर्क–समन्वय समितिले आज आयोजना गरेको छलफलमा उनले  विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए।

उनले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताए। आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति  जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एक्लै विजयी हुनेगरी अभियान थाल्ने बताए।

कमेन्ट लोड गर्नुस