सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४ जना बोकेको डुङ्गा पल्टिँदा चार जनाको मृत्यु

२०८१ असोज १६, १२:५५

काठमाडौँः पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तको एक नदीमा १४ जना बोकेको डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना बेपत्ता भएका छन्।

प्रान्तको कुज कुनार जिल्लाको बाहिरी भागमा नदी पार गर्ने क्रममा डुङ्गा दुर्घटना भएको प्रान्तीय सूचना विभागका प्रमुख कुरैशी बादलूनले बताए।  चार जनाको उद्धार गरिएको छ भने अन्य ६ जना बेपत्ता छन्।

यात्रुहरूमध्ये महिला र बालबालिका पनि थिए। जुन महिनामा प्रान्तको एउटा नदीमा २६ जना बोकेको डुङ्गा पल्टिँदा आठ जनाको ज्यान गएको थियो भने पाँच जना बेपत्ता भएका थिए।
 

कमेन्ट लोड गर्नुस