सुदूर नेपाललाई विश्वसँग जोड्दै

आँखा विशेषज्ञ डाक्टर पन्त ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’बाट सम्मानित

२०८१ असोज १२, ०९:५० खबर संवाददाता

धनगढीः कैलालीको गेटा आँखा अस्पतालका पूर्व निर्देशक तथा धनगढी नेत्रालयका संस्थापक आँखा विशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’बाट सम्मानित भएका छन्।

एशीयाली मुलुकहरुमा यो अवार्ड पाउनेमा उनी पहिलो ब्यक्ति हुन। आँखा विशेषज्ञ मध्ये ५ हजार अमेरिकी डलर रासीको पुरस्कर उक्त पुरस्कार पाउने पन्त पहिलो एशीयाली ब्यक्ति हुन। डेनीस अप्थाल्मोलोजिकल सोसाईटीले आफ्नो वार्षिकोत्सवको अवसरमा शुक्रवार डाक्टर पन्तलाई उक्त पुरस्कार प्रदान गरेको हो।

डेनीस अप्थाल्मोलोजिकल सोसाईटीले हरेक वर्ष उक्त पुरस्कार आँखाको क्षेत्रमा विश्वब्यापी रुपमा उत्कृष्ठ कार्यगर्ने विशेषज्ञलाई यो पुरस्कार दिदै आएको छ। गेटा आँखा अस्पतालका संस्थापक अलवर्ट कोलस्टडका सहायकबाट सन १९८४ बाट आँखा उपचारको क्षेत्रमा प्रवेश गरेका डाक्टर विद्या प्रसाद पन्तका नाममा विश्वमा एकै दिनमा सबैभन्दा बढी आँखाको सल्यक्रिया गर्ने र एसीयाली मुलुकमा सबैभन्दा बढी सल्यक्रिया गर्ने रेकर्डहरु बनेका छन।

कैलालीको गेटा आँखा अस्पतालमा उनले २४ घण्टामा ३१२ जनाको सल्यक्रिया गरेको विश्वरेकर्ड रहेको छ। एशीयाली मुलुकमा २ लाख भन्दा बढी मानिसहरुको आँखाको सल्यक्रिया गरेको रेकर्डपनि डाक्टर पन्तको नाममा छ। गेटा आँखा अस्पतालको निर्देशकबाट राजीनामा दिएपछि डाक्टर पन्त म्यानमारसहित एशीया र दक्षिण एशीयाका अविकिसीत र विकाससील मुलु्कहरुमा आँखा उपचारको क्षेत्रमा खटिएका छन। 

अनवरत रुपमा ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा कार्यरत रहेका ७० वर्षीय डाक्टर पन्तले आँखा उपचारको क्षेत्रमा गरेको उत्कृष्ठ कार्यको प्रशंसा गर्दै डेनीस अप्थाल्मोलोजिकल सोसाईटीले उनलाई ५ हजार डलरको ‘बोबर्ग–एन्स लेक्चर एण्ड अवार्ड’ दिएको हो।

कमेन्ट लोड गर्नुस