सुदूर नेपाललाई विश्वसँग जोड्दै

खस्कियो नेपालको एकदिवसीय वरीयता

२०८१ असोज १०, १२:४० खबर संवाददाता

काठमाडौँ: एकदिवसीय क्रिकेटमा नेपालको वरीयता खस्किएको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो। आइसिसीको नयाँ वरीयताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो। यसअघि नेपाल १६औँ स्थानमा थियो। आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणीय शृङ्खला खेल्न क्यानडामा रहेको नेपालले लगातार ३ पराजय भोगेपछि वरीयता खस्किएको हो।

अमेरिका एक स्थान सुधार गर्दै नेपालभन्दा माथि १६औँ स्थानमा उक्लिएको छ भने क्यानडाले ४ स्थानको फड्को मारेको छ। नयाँ वरीयतामा क्यानडा १५औँ स्थानमा उक्लिएको छ। भारत एकदिवसीय वरीयताको शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा दक्षिण अफ्रिका तेस्रो स्थानमा छन्।

 

कमेन्ट लोड गर्नुस