सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौथो दिन नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि

२०८१ असोज ९, ०७:०८ खबर संवाददाता

काठमाडौँः धितोपत्र बजारमा बुधवार शेयर कारोबार मापक नेप्से परिसूचक ४९ दशमलव १८ अङ्कले बढेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक ४९ दशमलव १८ अङ्कले उकालो लागेर दुई हजार पाँच सय १९ दशमलव ५७ विन्दुमा सीमित भएको हो।

अघिल्लो दिन पाँच अर्ब ६८ करोड ९५ लाख ६१ हजार तीन सय ५६ मूल्यमा खरिद बिक्री भएकामा आज भने चार अर्ब ८१ करोड ३२ लाख २३ हजार चार बराबरको कारोबार भएको छ।  कुल एक करोड २४ लाख ९४ हजार नौ सय ८९ कित्ता शेयर खरिदबिक्री हुँदा अघिल्लो दिनको तुलनामा शेयर कारोबार भने खुम्चिएको नेप्सेले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस