सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा मलामी बोकेको जिप दुघर्टना

२०८१ असोज ९, ०६:५७ खबर संवाददाता

दार्चुलाः दार्चुलामा मलामी बोकेको जिप दुघर्टना भएको छ।

जिल्लाको गोकुलेश्वरबाट सेतिकलातर्फ जाँदै गरेको जिप शैल्यशिखर नगरपालिका–५ ओखडानी स्थित बरमुडो भित्री सडकखण्डमा दुर्घटना भएको हो।

मलामी बोकेर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १५९४ नम्बरको जिप दुर्घटना भएको हो। उक्त जिपमा १४ जना सवार रहेकोमा तीन जना घाइते भएका छन्।

घाइते हुनेमा शैल्यशिखर नगरपालिका–४ का २३ वर्षीय हरिष धामी, २१ वर्षीय मोहन धामी र ३९ वर्षीय दानसिँ ठगुन्ना रहेका छन्। घाइते तीनै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। चालक सिद्ध रावललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको  छ।
 

कमेन्ट लोड गर्नुस