सुदूर नेपाललाई विश्वसँग जोड्दै

एन्फा महिला लिगमा सुदूरपश्चिम  एपिएफसँग १९ गोलले पराजित

२०८१ असोज ७, ०८:३५ खबर संवाददाता

काठमाडौँः एन्फा महिला लिगमा शीर्ष स्थानको सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सुदूरपश्चिमविरूद्ध गोलको वर्षा गरेको छ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफले १९–० को जित निकालेको हो। पहिलो हाफमा ११ गोल गरेको एपिएफले दोस्रो हाफमा ८ गोल थपेको थियो। एपिएफका लागि रश्मीकुमारी घिसिङले चार गोल गरिन्। उनले ८, ४२, ४७ र ७६ मिनेटमा गोल गरेकी थिइन्।

यस्तै अनिता केसीले १४, ४५+२, ४५+३  र ६२ मिनेटमा गरी चार गोल नै गरिन्। प्रिति राईले पनि ४५+४, ६४ र ६७ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। सविता राना मगरले ३० र ४४ मिनेटमा गरी दुई गोल गरिन्। कुसुम खतिवडाले पनि ८२ र ८६ मिनेटमा गरी दुई गोल गर्न सफल भइन्। अनिता बस्नेतले १७, सरु लिम्बुले ३३  र रेनुका हमालले ९० मिनेटमा गोल गर्न सफल भए।

३९ मिनेटमा सुदुरकी सुमि हाङमा राईले आत्मघाती गोल गरेकी थिइन्। जितसँगै शीर्ष स्थानकव एपिएफको ७ खेलबाट २२ अंक भएको छ। पुछारको सुदूरपश्चिमले खेलेका सातै खेलमा हार ब्यहोरेको छ। उसले अहिलेसम्म ६५ गोल खाइसकेको छ। यसअघि सुदूरले त्रिभुवन आर्मीसँग १४–१ गोलको हार ब्यहोरेको थियो।
 

कमेन्ट लोड गर्नुस