सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री ओली र मोदीबिच न्युयोर्कमा भेटवार्ता

२०८१ असोज ७, ०६:०८ खबर संवाददाता

न्युयोर्क: अमेरिकामा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ। 

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डल नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच न्यूयोर्कको स्थानीय समय अनुसार असोज ६ गते साँझ ५ः३० बजे भेटवार्ता भएको हो। 

दुई नेताबिच दुवै मुलुकका विदेश मन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको छ। ओली प्रधानमन्त्री पदमा निर्वाचित भएपछि दुई देशका प्रधानमन्त्रीबिच भएको यो पहिलो भेटवार्ता हो।

कमेन्ट लोड गर्नुस