सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रुद्राक्ष डायग्नोस्टिकले सरकारी मुल्यमै ल्याब सेवा दिने

२०८१ असोज २, ०५:२४ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रुद्राक्ष डायग्नोस्टिकले सरकारी मुल्यमै ल्याब सेवा दिने भएको छ।

रुद्राक्ष डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरबाट सरकारी मुल्यमै ल्याब सेवा दिन अस्पतालन लाइनमा यस्तो सेवा सुरु गरिएको हो। डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरको ४ बर्षिया बालिका आदिबका धामीले आज (बुधबार) उद्घाटन गरेकी छन्। सरकारी दररेटमै सम्पुर्ण ल्याब सम्बन्धि सेवा दिने सञ्चालक हरि धामीले बताए। डेढ करोड लगानी गरेर स्थापना गरिएको सो सेन्टरमा सामान्य सुगर जाँचदेखि विभिन्न हर्मोन र क्यान्सर समेत जाँच गरिने धामीले बताए।

ल्याब असिस्टेन्ट, टेक्निसियन र बिएमएलटी गरेका दक्ष जनशक्तीबाट ल्याब परिक्षण गरिने र २४ सैं घण्टा ल्याब सेन्टर खुला रहने समेत उनले बताए। ल्याबको ५ किलोमिटरभित्र घरमै गएर पनि निःशुल्क रुपमा रगतको नमुना संकलन गर्न सकिने व्यवस्था गरिएको सञ्चालक धामीले बताए।

कमेन्ट लोड गर्नुस