सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा निःशुल्क दन्त उपचार शिविर सञ्चालन

२०८१ भदौ २९, ०६:५२

धनगढी: कैलालीको धनगढीमा निः शुल्क दन्त उपचार सेवा शिविर सञ्चालन गरिएको छ। धनगढी उपमहानगरपालिका–७ को वडा कार्यालयमा शिविर सञ्चालन गरिएको हो।

धनगढीको हिमालय गौरीशङ्कर डेन्टर क्लिनिकको आयोजनमा भएको निःशुल्क दन्त परीक्षण शिविरमा २५३ जनाले सेवा लिएका छन्। उनीहरूमा ५३ जनाको रगतको परीक्षण गरिएको छ। शिविरमा सहभागी भएका ४६ जनाको दाँत निकालिएको छ। बाङ्गा–टिङ्गा रहेका बिरामीका दाँतहरू दन्त चिकित्सकहरूले निकालेका हुन्।

गौरीशङ्कर डेन्टर क्लिनिकका प्रबन्ध निर्देशक रतन एसकेले कन्सल्टेन्ट डेन्टल सर्जन डाक्टर मनीषा न्यौपाने, डेन्टल सर्जन डाक्टर समीक्षा थापा र डेन्टल सर्जन हरिचन्द्र विष्टले शिविरमा सहभागी भएका बिरामीहरूलाई दन्त उपचार सेवा दिएका बताए। ल्याब अशिष्टेन जुना जाग्रीले ५३ जना बिरामीको रगत परीक्षण गरेकी छन्।

गौरीशङ्कर डेन्टल क्लिनिक, धनगढीको आयोजना तथा धनगढी उपमहानगरपालिका–७ को वडा कार्यालय, लायन्स क्लब अफ सञ्जीवनी, धनगढी र उसु लायन्सको सहकार्यमा दन्त उपचार शिविर सञ्चालन गरिएको हो। गौरीशङ्कर डेन्टल क्लिनिकले उनीहरूको उपचार तथा औषधीमा ३० प्रतिशत छुट गर्ने बताएको छ।

 

कमेन्ट लोड गर्नुस