सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य हुँदैन’

२०८१ भदौ १८, ०४:३७ खबर संवाददाता

धनगढीः गृहमन्त्री रमेश लेखकले देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताएका छन्।

मंगलबार विहान गृहप्रदेश सुदूरपश्चिम आइपुगेका गृहमन्त्री लेखकले सञ्चारकर्मीसँग कुरा गर्दै विशिष्ट परिस्थितिमा नेपाली कांग्रेस र नेपाल कम्ष्युनिस्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताएका हुन्। ‘सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा हुँदैन, विशिष्ट परिस्थितिमा हामीले मिलेर सरकार बनाउने गरेका छौँ,’ गृहमन्त्री लेखकले भने।

इतिहासमा कांग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेको उनको भनाइ छ। ‘खास गरेर देशमा महत्वपूर्ण ‘एजेन्डा’ हुन्छन्, त्यस्ता एजेन्डालाई हामीले मिलेर सम्बोधन गरेका छौँ,’ उनले भने। गृहमन्त्री लेखकले स्थिर सरकारका लागि स्थिर समीकरण बनाउनु परेको उल्लेख गर्दै शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्न, विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन तथा मुलुकमा विधिको शासन स्थापना गर्न नयाँ समीकरण बनेको बताए। ‘हामीले मिलेर संविधान बनायौँ, नेपाली कांग्रेसले निरङ्कुश पञ्चायती व्यवस्थासँग लड्न कम्युनिष्टसँग मिलेर बहुदलीय प्रजातन्त्रको स्थापना ग¥यौँ,’ उनले भने, ‘दशवर्षे माओवादी सशस्त्र सङ्घर्षलाई मिलेर नै शान्तिमा रूपान्तरण ग¥यौँ।’

कमेन्ट लोड गर्नुस