सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमसहित आठ टोलीले नेपाल प्रिमियर लिग खेल्ने

२०८१ भदौ १५, १२:०६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिमसहित आठ टोलीले नेपाल प्रिमियर लिग खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणमा सहभागी हुने आठ फ्रेन्चाइज टोलीको नाम सार्वजनिक गरेको हो। नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक विज्ञप्ति जारी गर्दै मंसिर १५ देखि पुस ६ सम्म काठमाडौँमा हुने भनिएको प्रतियोगितामा सहभागी हुने टोलीको निश्चित गर्दै नामावली सार्वजनिक गरिएको छ।

एनपीएलमा प्रतिस्पर्धा गर्ने टोलीहरूमा विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेका छन्। क्यानले केही दिनअघि एनपीएल आयोजना मिति र लोगो सार्वजनिक गरेको थियो।

कमेन्ट लोड गर्नुस