सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको घटमुनामा कुमारी बैंकको शाखा तोडफोड

२०८१ भदौ १५, ११:५९ खबर संवाददाता

बाजुराः बाजुराको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा तोडफोड गरिएको छ।

गएराति अज्ञात व्यक्तिले जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको बैंकको शाखा कार्यालयमा तोडफोड गरेको हो। राति २ बजेतिर एक जना व्यक्ति बैंकमा प्रवेश गरेको र कम्प्युटर चोरी गरेको दृश्य सिसिटीभिमा देखिएको शाखाका प्रबन्धक शीतल रावतले जानकारी दिए।

उक्त विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार सो राति नै उक्त बजारको अन्य ४ वटा पसलहरुमा पनि चोरी भएको छ। ‘बैंकमा एक जना मात्र सुरक्षाकर्मी रहेको र उनको राति ८ बजेसम्म मात्रै ड्युटी रहेको थियो।

सुरक्षाकर्मी नभएको समयमा अज्ञात व्यक्तिले बैंकको मूल ढोका तोडफोड गरी बैंकभित्र प्रवेश गरेको देखिएको छ, अनुसन्धान सुरु भएको छ’ जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायव उपरीक्षक रविन्द्रसिं कार्कीको भने। सोही राति नै गौमुल गाउँपालिका–६ मा रहेको सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० हजार चोरी भएको सहकारीका अध्यक्ष श्याम रोकायाले बताए।

कमेन्ट लोड गर्नुस