साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग पराजित
काठमाडौँः साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको फाइनल खेलमा नेपाललाई ४–१ ले हराउँदै बंगलादेशले उपाधि हात पारेको हो। यसअघि भएको समुह चरणको खेलमा भने नेपालले बंगालादेशलाई पराजित गरेको थियो।
गत भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेको थियो। फाइनल खेलमा भने बंगलादेशले पुरानो नतिजा उल्ट्याँउदै उपाधि जित्न सफल भयो।