धनगढीमा कृष्ण जन्माष्टमी महामहोत्सव हुने
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/WhatsApp%20Image%202024-08-25%20at%204.48.03%20PM.jpeg?itok=7U8EUSYA)
धनगढी : कैलालीको धनगढीमा कृष्ण जन्माष्टमी महामहोत्सव हुने भएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (ईस्कोन नेपाल) धनगढी शाखाले सोमवार धनगढीमा महोत्सवको आयोजना गर्ने भएको हो।
धनगढी उपमहानगरपालिका–४ चटकपुरमा रहेको सैराई स्कवायरमा ऐतिहासिक श्री कृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रमको आयोजना गरिने भएको छ। सोमवार दिउँसो २ बजेबाट कार्यक्रम सुरु हुने छ। राति १२ बजेसम्म भजन कीर्तन, लीला प्रवचन, नाटक, नृत्य, दीपदान, महाअभिषेक र सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने भएको हो। ईस्कोन धनगढीले सुदुर पश्चिममा विभिन्न वैदिक संस्कृति तथा परम्पराको संरक्षण गर्न विभिन्न उत्सव, पर्व तथ दैनिक रूपमा आध्यात्मिक कार्यक्रमहरु गर्दै आइरहेको छ।
पर्वहरू मनाउनु धर्म संस्कार तथा संस्कृतिको रक्षा गर्दै समाजमा सकारात्मक परिवर्तन तथा युवाहरुलाई विकृति विसंगतिबाट बचाउने तर्क गरिएको छ।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)