सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनमा कलाकार कार्कीलाई मातृशोक

२०८१ भदौ ६, ०९:२६

काठमाडौँ: कलाकार विपिन कार्कीलाई मातृशोक परेको छ। उनकी आमा सरस्वतीको उपचारको क्रममा आज बिहान ६ बजे निधन भएको हो। 

पाटन अस्पतालमा ४ दिनदेखि भेन्टिलेटरमा राखेर सरस्वतीको उपचार गरिँदै आएको थियो। उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिष्कमा समस्या देखिएको थियो। बिपिनकी आमा सरस्वतीको पार्थिव शरीरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ। कलाकार कार्कीको आज जन्मदिन पनि हो।

कमेन्ट लोड गर्नुस