सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाकिस्तानी तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा इरानमा २८ जनाको मृत्यु

२०८१ भदौ ५, ०४:१८ खबर संवाददाता

एजेन्सीः इरानमा पाकिस्तानी तीर्थयात्री बोकेकोे बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको ज्यान गएको छ।

मध्य इरानी प्रान्त याजदमा गएराति बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।

यस्तै दुर्घटनामा २३ जना यात्रु घाइते भएका र तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख छ। तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इराकको पवित्र शहर कर्बलामा शिया क्यालेन्डरको सबैभन्दा ठूलो अनुष्ठानमा सहभागी हुन जाँदै थिए। 
 

कमेन्ट लोड गर्नुस