सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटालीमा आँधीका कारण डुङ्गा डुब्दा एकको मृत्यु, छ जना वेपत्ता

२०८१ भदौ ३, ०७:४० खबर संवाददाता

एजेन्सीः इटालीमा डुङ्गा डुब्दा एक जनाको मृत्यु भएको छ भने अन्य छ जना वेपत्ता भएका छन्। सिसिलीको तटीय क्षेत्रमा आएको आँधीका कारण पर्यटनका लागि प्रयोग गरिने एक आरामदायी डुङ्गा डुब्न पुगेको थियो।

बेपत्ता भएका अन्य छ जनाको खोजी गरिरहेको अधिकारीहरूले बताएका छन्। इटालियन कोस्ट गार्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोमबार बिहान ५ बजेको समयमा हिंसात्मक आँधीबेहरीपछि बेलायती ध्वजाबाहके बायेसियन नामक ५६ मिटर लामो डुङ्गा पोर्टिसेलो नजिकै डुबेको छ।”

सामुद्रिक तटीय क्षेत्रमा सुरक्षार्थ तैनाथ गरिएका कोस्ट गार्डका अनुसार हेलिकप्टरको सहयोगमा उद्धारकर्मीले सोमवार एक जनाको शव फेला पारेको र वेपत्ता अन्य छ जनाको खोजी भइरहेको छ। यसअघि कोस्ट गार्डले चार जना बेलायती, दुई जना अमेरिकी र एक जना क्यानेडियन नागरिक हराइरहेको बताएको थियो।

कसको शव फेला परेको हो भन्ने बारे तत्काल केही खुल्न सकेको छैन। डुङ्गामा चालक दलका १० सदस्यसहित २२ जना सवार थिए। उद्धार गरिएकामध्ये आठ जनालाई अस्पताल भर्ना गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस