सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरीको एक हप्ता :राहातका नाममा त्रिपाल पनि नपाएको पीडितको गुनासो

२०७६ जेठ ३०, ०८:२० खबर संवाददाता

कैलाली कञ्चनपुरमा विनाशकारी हावाहुरी आएको आज एक हप्ता पूरा भएको छ। तर पीडितहरुले राहातका नाममा त्रिपाल समेत नपाएको गुनासो गरेका छन्। गत विहिवारको हावाहुरीले घरको छानो उडाएपछि खुल्ला आकास मुनी बसेका पीडितहरुले राहातका नाममा त्रिपाल समेत नपाएको गुनासो गरेका हुन्।

स्थानीय, प्रदेश र संघिय सरकारका कुनैपनि निकायबाट राहात वितरण नहुँदा पीडितलाई साँझ विहानको छाक टार्न पनि निकै मुस्कील भएको छ भने चर्को गर्मीमा खुल्ला आकाश मुनी रात कटाउन बाध्य भएका छन्। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कृष्ण जोशीले भत्कीएका संरचना पुनः निर्माणमा सेना र प्रहरीले सहयोग गरेपनि राहात नपाएको गुनासो गरे।

उनले स्थानीय, प्रदेश र संघिय सरकारका प्रतिनिधी गाउँमा पुगेपनि फोटो खिचेर फर्किने गरेको बताए। जोशीले हावाहुरीले छानो उडाउँदा वर्षभरीका लागि भण्डार गरेर राखेको अन्न भिजेर सखाप भएपनि सरकारका प्रतिनिधी तथ्याङ्क संकलन गरेर फर्किने तर राहातका नाममा त्रिपाल पनि वितरण नगर्दा समस्या भएको गुनासो गरे।

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मनहेरा शिविरका देवराज चौधरीले पनि हावाहुरीले घरको छानो उडाएपछि विचल्लीमा परेको बताए तर एक हप्ता सम्म राहातको नाममा त्रिपाल पनि नपाएको गुनासो चौधरीको छ। बीहिबारको हावाहुरीले कैलाली र कञ्चनपुरमा झण्डै छ  हजार बढि घरमा क्षती पु¥याएको छ।

कैलालीमा मात्र झण्डै दुई हजार दुई सय १६ घर पूर्ण रुपले क्षतीग्रस्त हुँदा सयौँ नागरिक विचल्लीमा परेका छन्। तर प्रदेश र स्थानीय सरकारले पीडितलाई राहात दिने घोषणा गरेपनि वितरणमा ढिलाई भएको छ। जसले गर्दा पीडितहरुले सिहंदरवार गाउँमा पुगेको अनुभुती गर्न पाएका छैनन्। 
 

कमेन्ट लोड गर्नुस