कैलालीमा एकै दिन चार ठाउँमा दुर्घटना, एक बालकसहित ६ जना घाइते
धनगढीः कैलालीमा एकै दिन चार ठाउँमा दुर्घटना भएका छन्। दुर्घटनामा परेर ६ जना घाइते भएका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–७ बेलीमा टेकराम रानाले चलाएको से ६प २९१३ नम्बरको मोटरसाइकलको ठक्करबाट ८ वर्षीय रोशन विक घाइते भएका हुन। उनको निसर्ग अस्पालमा उपचार भइरहेको छ। धनगढी–७ पटेलामा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्।
पैदल हिँडिरहेकी ३२ वर्षीया यशोदा चौधरीलाई मोटरसाइकलले ठक्कर दिएको हो। २३ वर्षीय सन्दिप चन्दले चलाएको सुदूरपश्चिम प्रदेश ०२००१प ४२७६ नम्बरको मोटरसाइकलको ठक्करबाट चौधरी घाइते भएकी हुन। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै लम्कीचुहा नगरपालिका–४ बलियामा सुदूरपश्चिम प्रदेश ०१–०११ प ६०२९ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँकी १९ वर्षीया अनिसा चौधरी घाइते भएकी छन्। मोटरसाइकल चालक लम्कीचुहा–२ का २२ वर्षीय गोपाल ढकाल घाइते भएका छन्। घाइते दुबै जनाको लालरत्न अस्पतालमा उपचार भइरहेको छ।
लम्कीचुहा नगरपालिका–४ मै पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको भे ९ प २०५९ नम्बरको ठक्करबाट ५० वर्षीया चन्द्रा भण्डारी घाइते भएकी छन्। चालक कोहलपुर नगरपालिका–२ का ३० वर्षीय सन्तोष शाही पनि घाइते भएका छन्। घाइते दुबै जनालाई थप उपचारका लागि मेडिकल कलेज कोहलरपुर पठाइएको प्रहरीले जनाएको छ।