सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशका हिन्दूमाथिको आक्रमणप्रति मोदीले जनाए चिन्ता

२०८१ साउन ३१, ०१:०१

नयाँदिल्लीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशका हिन्दूमाथिको आक्रमणप्रति चिन्ता जनाएका छन्।

देशको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा बिहीबार नयाँ दिल्लीस्थित लालकिल्लाबाट देशलाई सम्बोधन गर्दै मोदीले सम्बोधनका क्रममा देशका विभिन्न मुद्दामा आफ्नो धारणा राखे। उनले आफ्नो सम्बोधनमा छिमेकी बंगलादेशमा देखिएको राजनीतिक उथलपुथल र त्यहाँका हिन्दूहरूको सुरक्षाबारे पनि गम्भीर चिन्ता जनाएका छन्। मोदीले आफ्नो सम्बोधनमा बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दूहरूमाथि भइरहेको हमलाको मुद्दा पनि उठाएका छन्।

उनले बंगलादेशमा हिन्दूहरूको सुरक्षा सुनिश्चित हुनुपर्ने बताए। मोदीले आफूहरू छिमेकी देशमा सुख र शान्ति होस् भन्ने पक्षमा रहेको जिकिर गरे। उनले बंगलादेशमा अहिले भइरहेको हत्या–हिंसाको अवस्थालाई चिन्ताजनक भनेका छन्।
उनले १४० करोड भारतीयको चिन्ता भनेको बंगलादशेका हिन्दूसहितका अल्पसंख्यको सुरक्षा सुनिश्चितता रहेको उल्लेख गरे।

कमेन्ट लोड गर्नुस