सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको विहारमा रहेको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गयो

२०८१ साउन २८, ११:१०

भारतको विहारमा रहेको बाबा सिद्धेश्वर नाथको मन्दिरमा भागदौड मच्चिँदा ७ जनाको ज्यान गएको छ।

अरु ३५ जनाभन्दा धेरै घाइते भएका छन्। साउन महिनामा बाबा सिद्धेश्वरनाथको मन्दिरमा जलाभिषेक गर्न भक्तजनको भिड लाग्ने गर्दछ। श्रद्धालुको घुइँचोकोबीच गएराति भागदौड हुँदा घटना भएको भारतीय सञ्चार माध्यम आजतकले जनाएको छ। विहारको जेहानाबाद सदर अस्पतालमा ७ जनाको शव ल्याइएको र मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ।

घाइतेहरुको स्थानीय दुई वटा अस्पतालमा उपचार भइरहेकोे छ। प्रत्यक्षदर्शीकाअनुसार प्रशासनको लापरबाहीका कारण घटना भएको हो। भक्तजनको भिडमा सुरक्षाकर्मीले लाठी चलाउन थालेपछि भागदौड मच्चिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस