सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीसहित देशभर पाँच जिल्लामा हैजा फैलियो

२०८१ साउन २७, ०७:३१ खबर संवाददाता

काठमाडौँः कैलालीसहित देशभर पाँच जिल्लामा हैजा फैलिएको छ।

कैलाली, ललितपुर, काठमाडौँ, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो। देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले जनाएको छ।

ललितपुरमा ३४ जना, कैलालीमा ८, काठमाडौँमा २, प्युठानमा २ र रुपन्देहीका १ जनालाई हैजा सङ्क्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ। हैजा फोहर पानी तथा सरसफाइमा ध्यान नदिनाले हुने भएकाले सरसफाइमा विशेष ध्यान दिन रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ।
 

कमेन्ट लोड गर्नुस