सुदूर नेपाललाई विश्वसँग जोड्दै

युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा रुसमाथि आक्रमण गरेको  स्वीकार

२०८१ साउन २७, १२:५६

किभः आफ्नो सेनाले रुसको कर्स्क क्षेत्रमा आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वीकार गरेका छन्।

उनले पहिलो पटक आक्रमण गरेको कुरा स्वीकारेका हुन्। शनिबार राति एक टेलिभिजन सम्बोधनमा जालेस्कीले युक्रेनको सेनाले युद्धलाई आक्रामक क्षेत्रतर्फ धकेलिरहेको पनि बताएका थिए। युक्रेनको अभियान सुरु भएको पाँच दिनपछि उनको यो बयान आएको हो। यस आक्रमणले रुसलाई स्तब्ध पारेको छ भने सीमाको दुबै तर्फ बसोबास गरिरहेका सर्वसाधारणलाई अन्यत्र सार्ने प्रयास भइरहेको छ।

आइतबार बिहान युक्रेनको किभ र सुमी क्षेत्रमा विस्फोटको खबर आएको थियो। शनिबार आफ्नो सम्बोधनमा जेलेन्स्कीले आफ्ना लडाकुहरूलाई धन्यवाद दिँदै रुसी भूभागमा भइरहेको कारबाहीबारे वरिष्ठ सेना कमान्डर ओलेस्कांद्र सिस्र्कीसँग छलफल गरेको बताएका थिए।  युक्रेनले न्याय सुनिश्चित गर्न सक्छ अनि आक्रमण गर्नेहरूमाथि दबाब बनाउन सक्छ भन्ने प्रमाणित गरिरहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस