सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिउँसै टर्च बालेर सुदूरपश्चिम प्रदेश सरकारको खोजी

२०८१ साउन १४, ०४:५३ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सांसदहरुले टर्च बालेर खोजी कार्य गरेका छन्।

प्रदेश सभाको विशेष अधिवेशनमा मुख्य मन्त्री तथा मन्त्रीहरु उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमवार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन्। आज (सोमवार) २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरू अनुउपस्थिति रहेका  थिए।

टर्च बालेर सरकार खोजिरहेको बताउँदै एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले भने, ‘अहिले वर्षातका कारण बाढी तथा पहिरोबाट आम जनताहरू समस्यामा परिरहेका छन्। सदनलाई ‘फेस’ गर्न नसक्ने, सदनमा उपस्थित हुन नसक्ने यो सरकार गैरजिम्मेवार बनेकोले दिउँसै टर्च बालेर खोजी गर्नुपर्ने अवस्था आएको बताए।

नेपाली कांग्रेसका सचेतक विक्रमसिंह धामीले सरकार अल्पमतमा रहेको अवस्थामा राजीनामा दिनुपर्ने बताए। प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ। प्रदेश सभाको विशेष अधिवेशनको सोमबार तेस्रो बैठक स्थगित भएको छ। सरकारका तर्फबाट कोही नआएपछि बैठक स्थगित गरिएको हो।

कमेन्ट लोड गर्नुस