कैलालीमा लागुऔषधसहित २ युवक पक्राउ
२०८१ साउन १३, ०७:४६
धनगढीः कैलालीमा लागुऔषधसहित २ युवक पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका–१ शिवगर चोकबाट धनगढी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय दिपक थापामगर र टीकापुर नगरपालिका–४ का ३० वर्षीय आशिष चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्। दुबै जनालाई १९० मिलिग्राम लागुऔषधसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
कमेन्ट लोड गर्नुस