सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतलाई पछि पार्दै अस्ट्रेलिया आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा

२०८१ साउन ९, ०७:४० खबर संवाददाता

भारतलाई पछि पार्दै अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा अस्ट्रेलिया एक स्थान सुधार गर्दै शीर्ष स्थानमा पुगेको हो। भारत एक स्थान तल झर्दै दोस्रो स्थानमा आइपुगेको छ। इङ्गल्यान्ड तेस्रो स्थानमा यथावत् छ।

यस्तै आईसीसी टेस्ट ब्याटिङ वरीयतामा न्युजिल्यान्डका केन विलियमसन शीर्ष र इङ्गल्यान्डका जोए रुट दोस्रो स्थानमा यथावत् छन्। इङ्गल्यान्डकै ह्यारी ब्रुक चार स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन्।

यस्तै आईसीसी टेस्ट बलिङ वरीयतामा भारतका रविचन्द्रन अश्विन शीर्ष, अस्ट्रेलियाका जोश हेजलवूड दोस्रो र भारतकै जसप्रित बुमराह तेस्रो स्थानमा यथावत् छन्। यस्तै आईसीसी टेस्ट अलराउन्डर वरीयतामा भारतका रविन्द्र जडेजा शीर्ष, भारतकै अश्विन दोस्रो र बङ्गलादेशका शाकिब अल हसन तेस्रो स्थानमा यथावत् छन्।
 

कमेन्ट लोड गर्नुस