कैलालीको गौरीगंगाका ६ घर डुबानमा
२०८१ साउन ४, ०८:५८
धनगढीः कैलालीमा परेको अविरल वर्षाका कारण घर डुबानमा परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–६ बनबेहडामा ६ जनाका घर डुबानमा परेका छन्। तीन फिट भन्दा गहिरो पानी परेपछि छ घर डुबानमा परेका हुन।
घर डुबानमा परेपछि घरभित्र रहेको लुगा–कपडा तथा खाद्ययकुरा सुरक्षीत स्थानमा सारीएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। घटनाको पुर्ण विवरण भने आएको छैन्। घटना स्थलमा २१ जना सशस्त्र प्रहरीको टोली गएको छ।
कमेन्ट लोड गर्नुस