सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली आक्रमणमा ८१ जनाको मृत्यु

२०८१ साउन ३, ०१:४१


काठमाडौँः  इजरायलले गाजामा घर र संयुक्त राष्ट्रसङ्घका शिविरहरूमा गरेको आक्रमणमा परेर कम्तीमा ८१ जनाको मृत्यु भएको छ।

मृत्युको यो आँकडा २४ घण्टाभित्रको भएको बताइएको छ। गएको १० दिनमा मात्रै इजरायली सेनाले विस्थापित प्यालेष्टिनी नागरिकहरू बसिरहेका कम्तीमा ८ ओटा विद्यालयमाथि आक्रमण गरेको प्यालेष्टिनी शरणार्थीका लागि राहत कार्य गर्ने संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले भनेका छन्।

गाजामा इजरायलको युद्धमा अहिलेसम्म कम्तीमा ३८ हजार ७९४ जनाको मृत्यु भएको छ भने ८९ हजार ३६४ जना घाइते भएका छन्।


 

कमेन्ट लोड गर्नुस