सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन तोलाको डेढ लाख नजिक, एकै दिन २ हजार रुपैयाँले बढ्यो

२०८१ साउन २, ११:१२

काठमाडौंः सुनको मूल्य तोलामा डेढ लाख रुपैयाँ नजिक पुगेको छ। एकै दिन २ हजार रुपैयाँले बढेर सुन तोलाको झण्डै डेढ लाख पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेर नयाँ कीर्तिमान कायम भएको हो। नेपाली बजारमा आज सुन तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।त्यस्तै, तेजाबी सुन तोलामा १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको थियो।चाँदीको मूल्य पनि आज बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ। 

 

कमेन्ट लोड गर्नुस