सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधानको कार्यान्वयन गर्न र गराउन सरकारको ध्यानाकर्षण

। फोटो स्रोत ।
२०७६ जेठ २०, ०४:३४

राष्ट्रिय जनता पार्टीका सांसद राज किशोर यादवले संविधानको कार्यान्वयन गर्न र गराउन सरकारको ध्यानाकर्षण गराएका छन। सोमबार प्रतिनिधिसभाको बैठकमा उनले पार्टीले लोक सेवा आयोगले आह्वान गरेको विज्ञापनलाई संविधानसम्मत बनाउन र गिरिस चन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको बताए।

उनले लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गर्दै संविधानविपरीत विज्ञापन आह्वान गर्नुले सरकारको कुनियत देखिएको दाबी उनले गरे। उनले राष्ट्रलाई दीर्घकालीन रूपमा नोक्सान पुर्याउने काम बन्द गर्न सरकारलाई सचेत गराए। उनले सदनको मर्यादा राख्दै गिरिसचन्द्र लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरे।
 

कमेन्ट लोड गर्नुस